काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । आइतबार बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकले वैद्यलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । मन्त्रालयले प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएकोमा प्रक्रिया सम्पन्न…