काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रि क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो । सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि लिनबाट भने चुकेको छ । नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदा…