काठमाडौं । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया मिचेको भन्दै पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट राजीनामा दिएकी छन् ।
खेलकुदमन्त्री चौधरीले वरियता मिच्दै काँग्रेस निकट शोभितराज प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशनमा नियुक्त गराएपछि बैद्यले राजीनामा दिएकी हुन् ।
विभागका निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकास पाएपछि वरियताक्रममा बैद्य रहेतापनि शोभितराज प्रसाईंलाई नियुक्त गरिएको हो ।
यसअघि राखेपले उपनिर्देशकहरूबाट वरिष्ठतताको आधारमा निर्देशकमा नियुक्त गर्दै आएकोमा मन्त्री चौधरीको हस्तक्षेपका कारण प्रक्रियागत नभएको भन्दै खेदकुद जगतमा नै असन्तुष्टी छाएको छ ।
संगीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी रहेको र बैद्यले २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गरेर प्रतिस्पर्धा गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्