काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नइले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा…