काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट पारेको छ । क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे । उनले अर्जेन्टिनी फरवार्ड प्रिमियर लिगमा आउनु सुखद हुने बताए । मेस्सीले बार्सिलोना छोड्ने निर्णय गरेपछि विभिन्न क्लबले उनलाई लैजाने होड चलेको समाचार बाहिरिएको थियो ।…