काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताउनुभयो । उहाँले प्रतियोगिता सञ्चालनका लागि…