काठमाडौं । सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेको छ । क्यामरुनमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह डि को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले हरायो । जितसँगै नाइजेरियाले समुहमा २ खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ३ अंक जोडेको इजिप्ट दोस्रो स्थानमा छ । गएरातिको खेलमा इजिप्टले…