काठमाडौं, मंसिर १९ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णायक गोल गरे । पहिलो जितका लागि आर्मीले दोस्रो…