काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो अपराजित यात्रा कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्बलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले अपराजित यात्रा कायम गरेको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरे । खेलको ९३औं मिनेटमा थ्रीस्टारका जीवन गुरुङले मच्छिन्द्र अभिषेक गुरुङमाथि डिबक्सभित्रै…