काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सरकार र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा रहेको बताउनुभएको छ । बुधबार त्रिशुली नदीमा भएको १९औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताउनुभयो । मन्त्री गहतराजले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्योमसँग जोड्नुपर्ने…