काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाए लगत्तै नेपाल क्रिकेटर संघ (क्यान)ले सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको छ । फैसला लगत्तै बसेको संघका पदाधिकारीको वैठकले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवा गरेपछि प्राविधिक पक्षहरु मिलाएर सन्दीपलाई अमेरिका पठाउने निर्णय भएको हो ।…