काठमाडौं, फागुन ८ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको आइतबार भएको खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पालाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले हिमालयनलाई २-१ गोल अन्तरले हराएको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए ।…