काठमाडौं । नेपालले टि–ट्वान्टी विश्वकप छनौटमा आज मंगलबार निर्णायक खेल खेल्दैछ । ओमानमा जारी विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा मंगलबार नेपालले युनाइटेड अरब इमिरेट्स युएईसँग खेल्न लागेको हो । यो खेलको विजेता अष्ट्रेलियामा हुने पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेटको लागि छनौट हुनेछ । त्यसैले मंगलबारको खेल नेपाली टोलीका लागि पछिल्लो एक दशककै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ…