काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० गोलको अग्रता बनाएको छ । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताकै पहिलो खेलको ६२ मिनेटकाे खेल जारी रहँदा नेपाल ३-० गाेलले अगाडि भएकाे हाे । खेलकाे ६१औं मिनेटमा माल्दिभ्सका खेलाडीले डिबक्सभित्र नेपाली खेलाडीमाथि फल गरेपछि नेपालले पेनाल्टी पाएकाे थियाे । पेनाल्टीमा सुटआउटमा क्रतिश रत्न छुन्जुले…