२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


नेपाल र केन्याबीचको चौथो टि-२० खेल आज हुँदै


1.235k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार घरेलु टोली केन्याविरुद्ध चौंथो टि-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने भएकाे छ ।

खेल केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न पौने ४ बजे सुरु हुने जनाइएकाे हाे । शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि यो खेल शृंखला जित्ने अवसर छ ।

साेमबारको खेल जितेमा नेपालले एक खेल अगाबै शृंखला आफ्नो पक्षमा पार्ने भएकाे छ । पाँच खेलको टि-२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।

आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा २–१ को अग्रता बनाएको छ ।