काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो…