काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। यसअघि जिल्ला अदालत, काठमाडौंले २३ भदौमा पक्राउ गर्न अनुमति दिएको थियो । उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी तयारी गरिएकोले कालो सूचीमा राखेको प्रहरीले जनाएको छ ।