Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


इंग्लीश प्रिमियर लिगमा आर्सनल विजयी


351
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेकाे छ ।

चेल्सीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियलले निर्णायक गोल गरेका हुन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किंदा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले पराजित गरेकाे छ ।

लिभरपुलका मोहोमद सालाहले दुई गोल गर्दा टोटनह्यामका ह्यारी केनले एक गोल फर्काएका थिए । आइतबार रातिको भएकाे अर्को खेलमा भने एस्टन भिल्लाले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दा न्युकासल युनाइटेडले साउथ ह्याम्पटनमाथि ४–१ को तथा क्रिष्टल प्यालेसले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को जित निकालेकाे थियाे ।