काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको पाँचौं तथा अन्तिम टी–ट्वान्टी खेल आज मंगलबार हुँदैछ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । मंगलबार हुने खेलमा दुवै टोली जित निकाल्दै सिरिज जित्ने दाउमा मैदान उत्रिनेछन् । यसअघिका ४ खेलमा दुवै टोलीले समान २/२ खेल जितेका छन् ।…