काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) देखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् । शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेकाे थियो । क्रोएरियाले भने जापानलाई…