काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले बागमतीलाई ३३ रनले हराएको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो । सुदूरपश्चिमका लागि कबिता कुँवरले ५० रनको अर्धशतकिय इनिङ्स खेलिन् । बागमतीकी अश्मिना बज्राचार्य…