काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई हराएको छ । मंगलबार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई १–० ले हराएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा न्युकासलका लागि जोएलिन्टनले ७३ औं मिनेटमा निर्णायक गोल गरे । आफ्नै मैदानमा भएको पहिलो लेगमा पराजित भएपछि दोस्रो लेगको खेल पूर्व साउथह्याम्पटन दबाबमा परेको छ ।…