जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनतर्फ पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा भने हार व्यहोरेको छ । नेपाली टोली सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँग क्वार्टरफाइनलमा ३–० को सोझो सेटमा पराजित भएको हो । पाकिस्तानविरुद्ध आइतबार भएको खेलमा ऐतिहासिक जित हासिल गरेको नेपालले एकलतर्फ तीनओटै खेल गुमाएपछि डबल्स खेल्नुुपरेन ।…