काठमाडौं । गृह मन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामाग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका सचिव बिनोद सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारवाही गर्ने निर्देशन दिनुभएको हो । यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि…