काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक भर्खरै खुलेको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान करिब ३ बजे पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको थियो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो…