काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–६ बडिखोलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । खंलगाबाट लाछी बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार पातारासी गाउँपालिका–२ तल्फिका अन्दाजी ५० वर्षीय अमिर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा…