काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने फैसला गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र नहकुल सुबेदीको ईजलासले सञ्चार सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार कारण र औचित्य नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो । ईजलासले उहाँलाई अनुसन्धान सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरि तारिखमा राखि मुद्धाको अनुसन्धान…