Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


तेह्रथुम–सिधुवा–ओख्रे सडक कालोपत्रे सुरू

तेह्रथुम । तेह्रथुम जोड्ने सिधुवा–शुक्रबारे–ओख्रे सडकमा कालोपत्रेको काम सुरू भएको छ । स्थानीयबासिन्दाको लामो प्रयासपछि सडक कालोपत्रेको काम थालिएको हो । सडक कालोपत्रे भएपछि स्थानीयवासीले तीन दशकदेखि खेप्दै आएको हिलो र धुलोको सास्तीबाट पार पाउने विश्वास लिएका छन् । कच्ची सडकका कारण गाउँमा उत्पादित दुध, तरकारी तथा फलफूल बजारसम्म पुर्‍याउन पनि मुस्किल हुँदै आएको थियो…