काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘विपद जोखिम व्यवस्थापनः नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक तहसम्म बिमा संस्कृतिको प्रवद्र्धन गर्न सके विपद् व्यवस्थापनमा गरिएको प्रयासहरु थप एकीकृत…