काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ । काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नुभएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्याउने काममा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट…