काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच मंगलबार पुनः वार्ता हुने भएको छ । गृहका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो । दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि मंगलबार पुनः वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने पीडित पक्षले जनाएको…