Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


जिउँदो शहीद मुकेश कायस्थको अन्त्येष्टि

काठमाडौं । २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बिहीबार अन्त्येष्टि गरिएको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको थियो । २०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा गोली लागेको थियो । त्यतिबेला उनी १५ वर्षका थिए । प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो ।…