काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको हो । काठमाडौंको माइतीघर मण्डलामा असार २० गते बुधबार दिनको १ बजे पार्टीका नेता, कार्यकर्ता लगायत आम…