
काठमाडौं । कार्टुनबाट राजनीतिमा सबै पक्षलाई चित्त बुझाउनसक्ने अवस्था नरहने कार्टुनिष्टहरुले बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित सञ्चारमाध्यममा कार्टुनको प्रयोग र आचारसंहीता विषयक कार्यक्रममा कार्टुनिष्टहरुले यस्तो बताएका हुन् । उनीहरुले सञ्चारमाध्यममा कार्टुन प्रभावकारी विधाको रुपमा आइरहेको पनि बताए । उनीहरुले पछिल्लो समयमा सामाजिक सञ्जालमा कार्टुनमा कुनै नेतालाई छुनै नहुने जस्ता प्रतिक्रिया पाउने गरेकोमा दुःख व्यक्त गरे ।
कार्टुनिष्ट क्लवका पूर्वअध्यक्ष अविन श्रेष्ठले केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट कार्टुनिष्टहरुले कुनै नेताप्रति गरेको व्यंग्यका कारण आक्रमण झेलिरहनुपरेको दुखेसो गर्नुभयो । उहाँले नेपाली कार्टुन तुलनात्मक रुपमा धेरै शालिन र सभ्य रहेको बताउनु भयो ।
उहाँले नेपाली कार्टुन अन्य देशको तुलनामा सभ्य र शालिन हुँदाहुँदै पनि लाग्ने आक्षेपका कारण दुःख लाग्ने गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्