Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


आन्दोलनकारी र प्रहरीबीच झडप, ८२ सेल अश्रुग्यास प्रहार

विराटनगर । पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप हुँदा १० जना घाइते भएका छन्। प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको हो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङ प्रहरीले जनाएको छ…