काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा बिरोध भइरहेको छ । यसकै बिरोधमा आज माईतीघरमा…