Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सर्वोच्चमा घटस्थापनादेखि अष्टमीसम्म १६ वटा रिट दायर


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा घटस्थापनादेखि अष्टमीसम्मा १६ वटा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

जसमध्य ७ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएको छ ।

त्यसैगरि ८ वटा बन्दीप्रत्यक्षीकरण रिटमा आदेश गरिएको छ भने १ वटा हेर्न नमिल्नेमा परेको छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी सार्वजनिक विदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्दा हेर्नका लागि पूर्ण इजलासबाट न्यायाधीश तोक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार १५ दिने सार्वजनिक बिदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पुर्ण बैठकबाट न्यायाधाीशहरु सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, प्रकाश कुमार ढुङ्गाना, मनोज कुमार शर्मा, नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, हरि प्रसाद फुयाँल, कुमार रेग्मी र तिल प्रसाद श्रेष्ठलाई तोकीएको छ ।