काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीको आज काज सरुवा गरेको हो । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर मोरङमा राजन अधिकारीको सरुवा भएको हाे। त्यस्तै, लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंमा गोबिन्द थपलियालाई पठाइएको छ ।