काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर वर्षा भइरहँदा माथिबाट लेदो बगिरहेकाले पहिरो पन्छाउन मुस्किल भएको बताइएको छ । पानी पर्न कम भएपछि पहिरो पन्छाएर सडक खुलाइने आयोजनाले जनाएको छ । सडक कति बेला…