काठमाडौं । अमेरिकाको नृत्य मण्डला महाविहारमा पहिलो पटक बज्रयान बौद्ध परम्परा अनुसार बालकहरुको बरे छुयगु अर्थात चुडाकर्म संस्कार गरिएको छ । पोर्तल्याण्डमा रहेको सो महाविहारका प्रमुख गुरु प्रज्वल रत्न वज्राचार्यले उनीहरुको चुडाकर्म संस्कार विधि गर्नुभएको हो । परम्परा अनुसार शाक्य र बज्राचार्य कुलपुत्रहरुलाई पहिलो पल्ट केश मुण्डन गरेर अभिषेक गरि बौद्ध धर्मबाट प्रव्रजित समेत गराईन्छ…