काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो । शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानून व्यवसायीहरुको अग्रसरतामा काठमाडौं…