काठमाडौं । सिरहामा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव…