काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडिमा आगजनी गरीएको छ । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले आफूलाई चालकले बैंठकस्थल छोडेर गाडी सिंहदरबार फर्कने क्रममा आगजनी गरेको बताउनुभएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन गरी रहेका प्रदर्शनकारीले बालकुमारी क्षेत्रमा उहाँको गाडी रोकेर आगजनी गरी दिएका…