काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा बेमौसममा बजारमा पठाउने तयारीसहित सुन्तला भण्डारण गरिएको बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिुभयो । बेनी –३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला संकलन गरेर…