काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको जनाइएको छ । अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन्…