काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको हो । सरकार र पीडितबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने जनाइएको छ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ…