काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौतिको विषय बनेको बताउनुभएको छ । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले अहिलेको विश्व जलवायु परिवर्तन लगायतका वातावणीय चुनौतिहरुको शिखरमा उभिएको बताउनुभयो । उहाँले वातावरण र वन्यजन्तु…