८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


संगत नेपाल र टेवा नेपालको नेतृत्वमा भृकुटीमण्डपमा ‘उर्लंदो सय करोड’ कार्यक्रम


468
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा लैंगिक समानता, न्याय र शान्तिका लागि विश्वव्यापी अभियान, वन विलियन राइजिगं, उर्लदो एक सय करोड आयोजना गरिएको छ ।

यसवर्ष अभियानको नारा ‘स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनौं’ तय गरिएको छ ।

बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको कार्यक्रममा विभिन्न देशमा महिला, लैंगिक अल्पसंख्यक लगायतका समुदायका पीडितहरुले सामना गरेको हिंसालाई प्रतिरोधस्वरुप नृत्य, गित, कविता, नाटक लगायतका कलामार्फत हामी अझै सक्षम छौं र खुलेर जिउन चाहन्छौं आशयको प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

यस वर्ष पनि संगत नेपाल र टेवा नेपालकोनेतृत्वमा अन्य ३५ वटा संस्थाको सहकार्यमा उर्लंदो सय करोड कार्यक्रम भएको हो । ‘उर्लंदो सय करोड’ अभियानले बालिका तथा महिलामाथि हुने अन्याय र शोषणविरुद्ध झकझकाउने गर्दछ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार विश्वमा प्रत्येक तीनमध्ये एक महिला हिंसाको सिकार हुने गर्दछन् ।