बैतडी । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग १६ घण्टापछि सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार साँझ ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको थियो । डिभिजन सडक कार्यालयबाट आएका ३ वटा इस्काभेटरले पहिरो पन्छाएपछि सोमबार बिहान १० बजेपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक…