काठमाडौं । काठमाडौंस्थित रुसी दूतावासले रुसी सेनामा भर्ति भएका नेपाली नागरिकका परिवारको निवेदन समेत बुझ्न अस्वीकार गरेको छ । रुसी सेनामा भर्ति भएर ज्यान गुमाएका, सम्पर्कविहिन भएका र नेपाल फर्कन हारगुहार गरिरहेका नेपालीहरुका परिवारजन आज दूतावासमा निवेदन बुझाउन गएकोमा दूतावासका अधिकारीहरुले उनीहरुको निवेदन बुझ्न अस्वीकार गरेका हुन् । दूतावासका अधिकारीहरुले निवेदन लेटरबक्समा छाडेर जान भनेपछि…