काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ । शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघ केन्द्रित अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी रहेकोले अब विलम्व गर्नु…